Ads3

सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ४२ हजार ६०० रुपैयाँ

सुनचाँदीको भाउ आज पनि घट्यो, सुन तोलाको २ लाख ४२ हजार ६०० रुपैयाँ

काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार पनि सुनचाँदीको भाउ घटेको छ ।सुनको भाउ आज तोलामा २ हजार ८०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन आज तोलाको २ लाख ४२ हजार ६०० रुपैयाँमा कारोबार भैरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ४५ हजार ४०० रुपैयाँ रहेको थियो । सुनको भाउ लगातार घट्न थालेको एक हप्ता भैसकेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा ४५ रुपैयाँले घटेर चाँदी आज तोलाको ३ हजार ६५ रुपैयाँमा झरेको छ ।

अस्ति शुक्रवार चाँदीको भाउ तोलाको ३ हजार ११० रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनचाँदीको भाउ एक वर्षयताकै न्यून विन्दुमा झरेको छ ।

सुनचाँदीको भाउ घटेको यो बेला उपभोक्ताले भने किन्न पाएका छैनन् ।

बैंकहरूले सुन आयात नगर्दा बजारमा अभाव देखिएको र अर्डर लिन तथा खरिद गर्न आएका खरिदकर्तालाई फर्काउनु परेको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले बताउनुभएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्