Ads3

भारतले एशिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक मोडमा

भारतले एशिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक मोडमा

काठमाण्डाै । यूएईको दुबईमा गएराति भएको महिला एशिया कप क्रिकेटको फाइनल खेलपछि विजेता भारतले एशियाली क्रिकेट परिषद् (एसीसी) का अध्यक्ष मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गर्दा पुरस्कार वितरण समारोह विवादित बनेको छ ।

नकभी पाकिस्तानका गृहमन्त्रीका साथै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अध्यक्षसमेत हुनुहुन्छ ।दक्षिण एशियाली छिमेकी देशहरूबीच चलिरहेको राजनीतिक तनावका बीच भारतले ट्रफी लिन अस्वीकार गरेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको फाइनलमा भारतले श्रीलङ्कालाई ७२ रनले हराउँदै उपाधि जित्यो । तर दुवै टोलीका खेलाडीहरू आ–आफ्ना ड्रेसिङ रुमबाहिर पर्खिरहँदा खेलपछिको समारोह ४५ मिनेटभन्दा धेरै समयसम्म ढिलो हुन पुगेको थियो ।

त्यसपछि अम्पायरहरूलाई चिनो तथा उपविजेता टोली श्रीलङ्काका खेलाडीहरूलाई पदक र पुरस्कार रकमको चेक हस्तान्तरण गरिएपछि सम्मान कार्यक्रम सम्पन्न भयो । यद्यपि कुनै पनि व्यक्तिगत पुरस्कारका साथै भारतीय टोलीलाई पनि पदक वा ट्रफी लिनका लागि बोलाइएन ।

पाकिस्तानले यस घटनालाई खेलको भावनासँग जोड्दै खेल भावनाको अभावमा हार वा जीतको कुनै अर्थ नहुने बताएको छ ।

यस्तै भारतीय महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक अमोल मजुमदारले ट्रफी नलिने निर्णय भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले लिएको बताए ।

सन् २०२५ मा पाकिस्तानलाई हराउँदै एशिया कप जितेपछि पनि भारतीय पुरुष टोलीले मोहसिन नकभीको हातबाट ट्रफी लिन अस्वीकार गरेको थियो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्