Ads3

भारतीय प्रधानमन्त्री माेदीलाई नेपाल भ्रमणकाे निम्ताे

भारतीय प्रधानमन्त्री माेदीलाई नेपाल भ्रमणकाे निम्ताे

काठमाण्डाै । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको छ ।

नेपाल र भातरबीच हैदराबाद हाउसमा सम्पन्न द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणमा आउन आग्रह गर्नुभएको हो ।

प्रधामन्त्री शाहले भन्नुभयो, यस महत्त्वपूर्ण अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीज्यूलाई सम्पूर्ण नेपाली नागरिकको तर्फबाट नेपाल भ्रमणका लागि हार्दिक निमन्त्रणा गर्दछु ।

त्यसैगरी शाहले हिमालयको काखमा रहेका मुक्तिनाथ, पशुपतिनाथ, तराईको समथर भूमिमा रहेकी माता जानकी, जीवित देवी कुमारी एवम् शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थलको भ्रमण गर्न भारतका नागरिकलाई आग्रह गर्नुभयो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्