क्षयरोग अर्थात् (टीबी) विरूद्धका नयाँ खोपहरूले एक दशकभित्र ७० लाखभन्दा धेरै जीवन बचाउन सक्ने विश्वव्यापी खोप गठबन्धन गाभीले जनाएको छ ।
परीक्षणको अन्तिम चरणमा रहेका नयाँ टीबीका खोपहरूले अर्को उपलब्धीमुलक रोगप्रतिरक्षण उपकरण’ बन्न सक्ने क्षमता राख्ने गाभीका प्रमुख सानिया निश्तारले बताउनुभएको छ ।
सन् २०२९ देखि उपलब्ध हुने अपेक्षा गरिएका यी खोपहरु सबैभन्दा बढी आवश्यकता भएका देशहरूमा पर्याप्त आपूर्ति सुनिश्चित गर्नुपर्नेमा गाभीले जोड दिएको छ । नयाँ र आशाजनक ‘अन्तिम परीक्षण’ मा रहेका खोपहरूमध्ये एकले आगामी एक दशकको अन्त्यसम्म नियामक स्वीकृति हासिल गर्ने अपेक्षा गरिएको छ ।
गाभीको नयाँ विश्लेषणअनुसार तिनीहरूले ‘सन् २०३० देखि २०५० सम्म’ मा ७३ लाखभन्दा बढी मानिसको ज्यान जोगाउन सक्छन् । खोपहरूले शताब्दीको मध्यसम्म ‘न्यून र मध्यम आय भएका देशहरूमा १३५ अर्ब डलरसम्म आर्थिक लाभ दिन सक्ने क्षमता राख्ने गाभीले जनाएको छ ।
गाभीले लाइसेन्स सुरक्षित भएपछि बजारमा आउन निकै समय लाग्न सक्ने केही जोखिमहरू पनि पहिचान गरेको छ । अपर्याप्त विश्वव्यापी र आन्तरिक वित्तपोषणले यो खोपको प्रयोगलाई सीमित गर्न सक्ने पनि गाभीको विश्लेषण छ ।
यो रोगबाट जोगाउन एकमात्र खोप ब्यासिल क्याल्मेट–गेरिन (बीसीजी) रहेको छ । जुन बालबालिकालाई दिदै आएको छ । सरकार र निजी दाताहरूलाई एकत्रित गरी विकासशील देशहरूलाई प्रमुख रोगहरूका लागि किफायती मूल्यमा खोप प्राप्त गर्न मद्दत गर्ने गाभीले भनेको छ ।
यसले नियमित खोपमार्फत व्यापक प्रयोगका लागि जोड दिने र नयाँ टीबीविरूद्धका खोपका अन्तिम चरणमा पुगेका परीक्षणलाई प्रतिस्पर्धात्मक र भौगोलिक रूपमा विविध स्वचालित चरणको क्रमलाई प्रोत्साहन गर्ने पनि बताएको छ ।
प्रतिक्रिया दिनुहोस्