काठमाण्डौ । आज कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै हिमाली तथा पहाडी केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मधेश प्रदेशसहित कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यतया बदली हुने तथा अरु तराई क्षेत्रमा आंशिक बदली हुने अनुमान छ ।
मधेश प्रदेशसहित कोशी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
देशका पहाडी क्षेत्रमा आज वर्षाको सम्भावना रहे पनि भोलिदेखि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्को भनाइ छ । भोलिदेखि मौसम क्रमशः सुधार हुँदै जाने अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्