Ads3

दोस्रो बोका कपको उपाधि पेलुम्बा ए को पोल्टामा, दोस्रोमा सिभा

दोस्रो बोका कपको उपाधि पेलुम्बा ए को पोल्टामा, दोस्रोमा सिभा

दोस्रो बोका कप भलिबल प्रतियोगिताको उपाधि पेलुम्बा ए ले हात पारेको छ । पेलुम्बा नेक्सस्द्वारा आयोजित साविक वडास्तरीय भलिबल प्रतियोगितामा ताम्कू सिभालाई ३–० को सोजो सेटमा हराउँदै पेलुम्बा विजयी भएको हो । संखुवासभाको सिलीचोङ २ पेलुम्बामा हरेक वर्ष आयोजना हुँदै आएको बोका कप यसपालि कार्तिक १८ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको थियो ।

१६ टिमको सहभागिता रहेको प्रतियोगितामा तेस्रो स्थानमा साविक सिशुवाखोला ९ बेसिन्दा र साविक बाला ३ डाँडागाउँले सान्त्वना स्थान हाँसिल गरेको छ । विजेताहरुलाई क्रमशः प्रथम १५ हजार बराबरको खसी, द्वितीय १० हजार बराबरको बोका, तृतीय ५ हजार बराबरको दुईवटा भाले तथा सान्त्वना ४ हजार बराबरको दुईवटा पोथी वितरण गरिएको छ ।

जीवन कुलुङको संयोजकत्वमा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रममा सिलीचोङ गाउँपालिका वडा नं. २ का वडाध्यक्ष मोहनसमशेर कुलुङ, वडा सदस्य बुद्रोस मेवाहाङ, हिमाल ज्योति आविका प्र.अ. गंगाराज मेवाहाङ, स्थानीय बुद्धिजीवि मेनुका मेवाहाङ, प्रगेन कुलुङ लगायतको उपस्थिति रहेको थियो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्