काठमाण्डाै । गएकाे भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजीका क्रममा आज माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट ६ वटा शव निकालिएको छ ।
नेपाली सेनाका अनुसार आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा त्रिशूली–१ को अडिट–३ सुरुङभित्र ढलान गर्नका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा ती शव भेटिएका हुन् ।
भेटिएका शवलाई बाहिर निकालिएको र सुरुङभित्र हिलोमा अरू शव पनि हुन सक्ने आशङ्कामा खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्