Ads3

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज पनि धेरै ठाउँमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, देशका पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

देशका हिमाली केही ठाउँ र पहाडी धेरै ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ । यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँ तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही ठाउँमा पनि मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनसक्ने पूर्वानुमान छ ।

मधेश प्रदेशका थोरै ठाउँमा समेत वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराई क्षेत्रमा भने केही ठाउँमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ ।

ठूलो वर्षा हुने सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्नसक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । 

Muktinath

प्रतिक्रिया दिनुहोस्