काठमाण्डाै । हप्ताको पहिलो कारोबार दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६.४७ अङ्कले घटेर २ हजार ६१३.३३ विन्दुमा झरेको छ ।
आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकोमा जलविद्युत्, लगानी र निर्जीवन बीमा समूह १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज २२४ वटा कम्पनीको शेयर घटेकोमा ४९ वटाको बढेको छ । यस्तै ६ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन । आज हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर साढे १० प्रतिशतले घटेको छ । समग्रमा बजार ओरालो लागेको दिन कुमारी बैंकको डिबेन्चर (२०९०) १२.१७ प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बिहीवार ५ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ३५७ वटा कम्पनीको १ करोड ३१ लाख कित्ता शेयर ५ अर्ब ३८ करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया दिनुहोस्