काठमाण्डौ । आज र भोलि पनि केही ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज बागमती र गण्डकी प्रदेशको पहाडका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमालका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमालका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी थोरै ठाउँमा मेघगर्जन, चट्याङ्ग र असिनासहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
मधेश लगायत कोशीको तराईका थोरै ठाउँमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भोलि पनि केही ठाउँमा हल्कादेखि ठूलो वर्षाको सम्भावना छ । पर्सि शनिबारदेखि मौसममा क्रमिक सुधार हुने महाशाखाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्