Ads3

एन्फा मुख्यालयकाे ताला खुल्याे

एन्फा मुख्यालयकाे ताला खुल्याे

काठमाण्डाै । लामो समयदेखि बन्द रहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालयको ताला बहुमत सदस्यले खोलेका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले आज सातदोबाटोमा रहेको एन्फाको ताला खोलेका हुन् ।

यसैबीच उपाध्यक्ष खड्काले पर्सि शुक्रवार १३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ । उहाँका अनुसार बैठकमा फिफाले एन्फामाथि लगाएको प्रतिबन्ध, सरकारसँगको सहकार्य र तहगत चुनावमा देखिएको अवरोध हटाउने विषयमा छलफल हुनेछ ।

यसअघि वरिष्ठ उपाध्यक्ष खड्कासहित कार्यसमितिका ११ जना सदस्यले एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसमक्ष लिखित पत्र बुझाउँदै केन्द्रीय समितिको बैठक बोलाउन माग गरेका थिए ।

तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले निलम्बन गरेपछि नेपाली फुटबल क्षेत्र ठप्प छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्