काठमाण्डौ । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ ३ सय ३४ पदका लागि नयाँ भर्ना आह्वान गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, भर्ना छनोट शाखा नक्सालले आज सूचना निकालेर खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।
प्रहरी सहायक निरीक्षक अर्थात् असई पदमा २ सय ११ जनाका लागि भर्ना खुलाइएको छ । यस्तै, प्रहरी कार्यालय सहयोगीतर्फ भान्से ८३, हजाम १५ र कुचीकार २५ गरी १ सय २३ पदमा आवेदन माग गरिएको छ ।
असई पदका लागि असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिनेछ । प्रहरी कार्यालय सहयोगी पदका लागि भने सम्बन्धित कार्यालयमा उपस्थित भएर दरखास्त दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्