काठमाण्डाै । चालू आर्थिक वर्ष २०८३÷८४ को पहिलो महिना साउनमा २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनमा रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको यही अवधिको तुलनामा २१.२ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स आप्रवाह २९.९ प्रतिशतले वृद्धि भएको थियो ।
अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १०.२ प्रतिशतले बढेर १ अर्ब ४० करोड डलर पुगेको छ । यस्तै गएको साउनमा वैदेशिक रोजगारीका लागि ४२ हजार ६९३ जनाले अन्तिम श्रम स्वीकृति र २७ हजार ७४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
अघिल्लो वर्षको यही अवधिमा ४४ हजार ४६६ जनाले अन्तिम श्रम स्वीकृति र २३ हजार ६४४ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।
प्रतिक्रिया दिनुहोस्