Ads3

अवरुद्ध पृथ्वी राजमार्गमा भित्तातर्फको भाग काटिँदै, बेलुकासम्म खुल्ने

अवरुद्ध पृथ्वी राजमार्गमा भित्तातर्फको भाग काटिँदै, बेलुकासम्म खुल्ने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी नजिकै गलौंदीमा भासिएको सडक खण्डमा ब्याक कटिङ अर्थात् भित्तातर्फको भाग काट्ने काम भैरहेको छ ।

आज बिहानदेखि निरन्तर भित्तो काट्ने काम भैरहेको र कुनै अवरोध नआए बेलुकासम्म सडक पूर्णरुपमा खुल्ने सडक विभागले जनाएको छ ।

गलौंदीमा नदीतर्फ त्रिशूलीले कटान गर्दा सडक भासिएको हो ।  गलौंदीमा हिजो बेलुकादेखि सडक अवरुद्ध छ । सडक अवरुद्ध हुँदा दशैँमा घर हिँडेका यात्रुहरु अलपत्र परेका छन् ।

पृथ्वी राजमार्ग भएर दैनिक १५ हजारभन्दा धेरै गाडी ओहोरदोहोर गर्छन् । दशैँका बेला भने योभन्दा पनि तेब्बर संख्यामा गाडी ओहोरदोहोर गर्ने गरेको प्रहरीको भनाइ छ ।

यसअघि भदौ १४ मा भोटेकोशीको बाढीपछि त्रिशूली नदीले तलबाट कटान गर्दा पृथ्वी राजमार्गको कृष्णभीरखण्ड भासिएको थियो । भासिएको सडक १८ दिनपछि सञ्चालनमा आएको थियो ।

यसअघि असोज पहिलो हप्ताको बाढीपहिरोको कारण पनि झण्डै पाँच दिन सडक अवरुद्ध भएको थियो । 

Muktinath

प्रतिक्रिया दिनुहोस्