Ads3

आज, भोलि र पर्सि पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

आज, भोलि र पर्सि पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काडमाण्डौ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । यस्तै राति कोशी र बागमती प्रदेशको पहाडी भाग तथा मधेश प्रदेशको एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार भोलि पनि कोशी, बागमती, मधेश र गण्डकी प्रदेशको एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । पर्सि बिहीबार लुम्बिनी प्रदेशमा समेत ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबारदेखि देशका धेरै ठाउँमा मुसलधारे र केही ठाउँमा आरीघोप्टे वर्षाको सम्भावना रहेको भन्दै सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।  


 

Muktinath

प्रतिक्रिया दिनुहोस्