Ads3

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा धेरैको क्षति

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा धेरैको क्षति

काठमाण्डौ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा धेरैको क्षति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रसुवा बाढीपछि नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठन गरेको द्रूत प्रतिक्रिया टोली (क्युआरटी)ले पर्यटनमन्त्री खडगराज पौडेललाई बुझाएको प्रतिवेदनमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ ।

प्रतिवेदनअनुसार बाढी तथा पहिरोबाट विशेषगरी रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत क्षेत्रमा पर्यटन पूर्वाधार, होटल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटक व्यवस्थापनमा ठूलो क्षति पुगेको छ ।

क्युआरटीका संयोजक धमलाका अनुसार क्षेत्रगत रूपमा सबैभन्दा बढी होटल क्षेत्रमा १९ अर्ब ५६ करोड चार लाख ४८ हजार रुपैयाँ, वैदेशिक पर्यटन आम्दानीमा १४ अर्ब ६० करोड २४ लाख ६४ हजार  र पर्यटक व्यवस्थापनमा १२ अर्ब २६ करोड ८४ लाख २४ हजार ५०० रुयैयाँ बराबरको क्षति भएको अनुमान छ ।

त्यस्तै, सम्पदा तथा पर्यटन पूर्वाधार, सवारीसाधन, रेस्टुरेन्ट, लाङटाङ क्षेत्रमा व्यावसायिक कारोबार, आन्तरिक पर्यटन राजस्व, र्‍याफ्टिङ तथा क्याम्पिङ साइट, ट्रेकिङ ट्रेललगायत क्षेत्रमा क्षति पुगेको क्युआरटीका संयोजक धमलाले जानकारी दिनुभयो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्