काठमाण्डौ । नुवाकोट र रसुवालाई जोड्ने बेत्रावतीको फलाखु खोलामा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाको प्राविधिक टोलीले पुललाई वारपार अर्थात रसुवा र नुवाकोटतर्फ टेकाएको छ । अब त्यहाँ गाडी गुड्ने पाता बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने सेनाको प्राविधिक टोलीले जनाएको छ ।
दशैँको घटस्थापनाअघि नै बेलीब्रिज सञ्चालनमा ल्याउने तयारी छ । भदौ १० गतेको भोटेकोशी बाढीले वेत्रावतीको पुल बगाएपछि नुवाकोट र रसुवाबीचको सडक सम्पर्क टुटेको थियो । बेलिब्रिज सञ्चालनमा आएपछि दुवै जिल्लाका बासिन्दालाई आवतजावत गर्न सहज हुनेछ ।
प्रतिक्रिया दिनुहोस्