काठमाण्डाै । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई विकास सहकार्य प्याकेज अन्तर्गत २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ दिने घोषणा गर्नुभएको छ ।
नयाँ दिल्लीमा रहेको हैदराबाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भदौ १० गतेको भोटेकोशी– त्रिशूली बाढीपछिको पुनर्निर्माण र दीर्घकालीन विकासलाई मजबुत बनाउन भन्दै सहयोग रकम दिने घोषणा गर्नुभएको हो ।
२ खर्ब ४० अर्बको आर्थिक सहयोगमध्ये १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र ५६ अर्ब रुपैयाँ अनुदान हुने छ ।
भारत र नेपालबीचको सम्बन्ध छिमेकीको मात्र नभई अद्वितीय विश्वासमा आधारित रहेको उल्लेख गर्दै माेदीले दुवै देशका खुशी र चुनौती साझा रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्