Ads3

सुनको भाउ तोलामै ८ हजार ८ सयले घट्यो

सुनको भाउ तोलामै ८ हजार ८ सयले घट्यो

काठमाण्डौ । आज एकैदिन सुनको भाउ तोलामा ८ हजार ८०० रुपैयाँ घटेको छ । हिजो एक सय रुपौयाँले बढेको सुन आज तोलामा ८ हजार ८०० रुपैयाँले घटेर २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको मंगलबारदेखि लगातार घट्दै आएको सुन हिजो सामान्य बढे पनि आज एकैदिन धेरै घटेको हो । आज चाँदीको भाउ पनि १८५ रुपैयाँले घटेको छ ।

हिजो तोलाको ४ हजार ७६५ रुपैयाँ  कायम रहेकोमा आज चाँदीको भाउ १८५ रुपैयाँ घटेर आज ४ हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ । 

Muktinath

प्रतिक्रिया दिनुहोस्