Ads3

आज सुनको भाउ तोलामा ३ हजार १०० रुपैयाँले घट्यो

आज सुनको भाउ तोलामा ३ हजार १०० रुपैयाँले घट्यो

काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा ३ हजार १०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार भाउ घटेर सुन आज तोलाको ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अस्ति शुक्रबार सुनको भाउ तोलाको ३ लाख ७ हजार ४०० रुपैयाँ थियो ।  त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको ४ हजार ७२५ रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ । अस्ति शुक्रबार चाँदीको भाउ तोलाको ४ हजार ७६५ रुपैयाँ रहेको थियो । 

Muktinath

प्रतिक्रिया दिनुहोस्