काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबीच आज टेलिफोनमा कुराकानी भएको छ । टेलिफोन कुराकानीका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूप्रति समवेदना व्यक्त गर्दै नेपाली नागरिक तथा सरकारप्रति ऐक्यबद्धता जनाउनुभएको रास्वपाले जनाएको छ ।
यस्तै सभापति लामिछानेले बाढीपछिकाे खोजी, उद्धार तथा राहत वितरणका काममा पार्टीका तर्फबाट अधिकतम प्रयास भइरहेको बताउनुभएको थियो । साथै उहाँले विदेशमन्त्री रुबियोलाई बाढीबाट प्रभावित विदेशी नागरिकको सुरक्षा तथा संरक्षणका लागि नेपाल प्रतिबद्ध रहेको विश्वास दिलाउनुभएको थियो ।
सभापति लामिछानेले यस कठिन समयमा अमेरिकी सरकारबाट प्राप्त सहयोगका लागि धन्यवादसमेत व्यक्त गर्नुभएको थियो । यसैबीच विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताउनुभएकाे रास्वपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्