काठमाण्डौ । उपत्यकासहित देशका धेरै ठाउँको मौसम यतिबेला घमाइलो छ । दिउँसोपछि हिमाली र पहाडी भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाका कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा थोरै ठाउँमा तथा देशका बाँकी हिमाली र पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
भोलि पहाडी र हिमाली भेगका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । पर्सि भने हिमाली र पहाडी भेगका एक–दुई ठाउँमा मध्यमसम्मकै वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्