Ads3

आन्तरिक प्रतिस्पर्धामा पराजित वा छुटेका योग्यलाई समेटेर अघि बढ्छाैँ : सभापति थापा

आन्तरिक प्रतिस्पर्धामा पराजित वा छुटेका योग्यलाई समेटेर अघि बढ्छाैँ : सभापति थापा

काठमाण्डाै । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका वा छुटेका योग्य नेतृत्वलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको छ ।

काठमाण्डौमा आज भएको नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै उहाँले पार्टी केन्द्रीय समितिको प्रभावकारिताका लागि आफ्नो टाेलीमा छुटेका नेताको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

सभापति थापाले पार्टीको आन्तरिक चुनावलाई ‘जीत र हार’ को अन्तिम मानकका रूपमा नहेर्न पनि आग्रह गर्नुभयो । उहाँले पार्टीको सङ्गठनात्मक संरचना पूर्णता दिने प्रक्रियालाई छिट्टै अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रीय समितिलाई प्रभावकारी रूपमा अगाडि बढाउनु मेरो महत्त्वपूर्ण जिम्मेवारी हो । पार्टीको केन्द्रीय कार्यसमितिमा रहेर मसँग काम गर्न योग्य र सक्षम धेरै साथीहरू यस पटक छुट्नुभएको छ । कोही प्रतिस्पर्धामा सहभागी हुनुभएन भने कोही प्रतिस्पर्धाबाट निर्वाचित हुन सक्नुभएन । पार्टीको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धामा जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने भन्ने हुँदैन । पार्टीको हितका लागि सबै योग्य र सक्षम साथीहरूलाई समेटेर अघि बढ्नु आवश्यक छ । छुट्नुभएका साथीहरूलाई पनि समेटेर सामूहिक नेतृत्व र सहकार्यका साथ पार्टीलाई अगाडि बढाउनेछु । यो प्रक्रिया सकेसम्म छिटो पूरा गर्नेछौँ ।’

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको सबै मतगणना आज बिहानमात्रै सकिएको छ ।

गएको असोज २३ गतेदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको हो । अब विजयीलाई प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रम भने दशैँलगत्तै गर्ने तयारी रहेको र त्यसपछि कार्यसमितिको पहिलो बैठक बस्ने नेताहरूले बताएका छन् ।

Muktinath

प्रतिक्रिया दिनुहोस्