काठमाण्डौ । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी भई स्वदेश फर्कनुभएको छ । महासभा एवं त्यस अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय बैठकहरूमा सहभागिता जनाई उहाँ आज बिहान स्वदेश फर्कनुभएको हो ।
परराष्ट्रमन्त्री खनाल गएको असोज ४ गते अमेरिकाको न्यूयोर्क प्रस्थान गर्नुभएको थियो । यो भ्रमणका क्रममा उहाँले नेपालको तर्फबाट ‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ नामक जलवायु केन्द्रित उच्चस्तरीय विशेष कार्यक्रम आयोजना गर्नुका साथै द्विपक्षीय बैठकहरूमा सहभागिता र विभिन्न देशका आफ्ना समकक्षीसँग भेटवार्ता गरी आपसी हितका विविध विषयमा छलफलसमेत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्