Ads3

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्र्याक खुल्यो

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्र्याक खुल्यो

काठमाण्डाै । रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडक खण्डमा ट्र्याक खोल्ने कार्य सम्पन्न भएको छ । ट्र्याक खुलेसँगै सर्वसाधारणको आवतजावतसमेत शुरू भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिनुभयो ।

रसुवासँग जोडिने मुख्य सडक मार्गका रूपमा रहेको गल्छी–बेत्रावती सडक खण्डमा ट्र्याक खुले पनि ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालको भनाइ छ ।

यसैबीच ट्र्याक खोल्ने काम सम्पन्न भएसँगै सडक खण्डमा बेलिब्रिज जडानको कामसमेत अघि बढेको छ । नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि फाउन्डेशन तयार भइसकेको छ भने नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडानको तयारी शुरू भएको छ ।

रसुवातर्फको बेलिब्रिजको फाउन्डेशन निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको मन्त्री लम्सालले जानकारी दिनुभएको छ । आउँदो एक हप्ताभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्य छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्