Ads3

रुसको आक्रमणबाट मध्य युक्रेनमा २ लाखभन्दा धेरै मानिस विद्युत् विहीन

रुसको आक्रमणबाट मध्य युक्रेनमा २ लाखभन्दा धेरै मानिस विद्युत् विहीन

काठमाण्डौ । रुसी आक्रमणपछि युक्रेनको मध्य डिप्रोपेट्रोभ्स्क क्षेत्रमा २ लाखभन्दा धेरै मानिस बिजुलीविहीन अवस्थामा रहेका छन् । यो क्षेत्रको एउटा रेलवे स्टेसनमा बिहीबार रुसी ड्रोन आक्रमण भएको भोलिपल्ट यस्तो अवस्था आएको हिजो युक्रेनी अधिकारीहरूले बताएका छन् ।

युक्रेनको वायु सेनाका अनुसार रुसले ब्यालेस्टिक मिसाइल र ड्रोन प्रयोग गरी धेरै क्षेत्रमा आक्रमण गरेको थियो । यसले डिप्रो शहरमा व्यापक विद्युत् अवरोध निम्त्याएको छ ।

विद्युत् कम्पनी डीटीईकेले ग्रिड सञ्चालक उक्रेनेर्गोले शहरभर, छिमेकी जिल्ला र पावलोग्राड जिल्लाका केही भागमा आपतकालीन बिजुली कटौतीको आदेश दिएको बताएको छ । रुसको रक्षा मन्त्रालयले आफ्ना हवाई रक्षा प्रणालीले रुसी क्षेत्रमा एक हजारभन्दा धेरै युक्रेनी ड्रोन खसालिएको दाबी गरेको छ ।

रुसले युद्धभर युक्रेनको ऊर्जा पूर्वाधारलाई निशाना बनाएको छ । युक्रेनले आक्रमणलाई युद्ध अपराध बताएको छ । रुसले प्रायः जाडो अघि विद्युत् पूर्वाधारमा आक्रमण गर्ने गरेको छ । अस्ति बिहीबार भएको आक्रमणमा कम्तीमा १४ जनाको ज्यान गएको र केही घाइते भएका थिए ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई ‘भयानक’ आक्रमण भन्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्