अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता पुनः सुरु गर्न आफू हतारमा नरहेको बताउनुभएको छ । उहाँले इरानलाई वार्तामा फर्कन कुनै निश्चित समयसीमा नतोकिएको बताउँदै अमेरिकी आर्थिक तथा सैन्य दबाब प्रभावकारी भइरहेको दाबी गर्नुभएको छ ।
यसैबीच, कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानी आज तेहरान पुगेर इरानी अधिकारीसँग तनाव कम गर्ने र वार्ताको वातावरण बनाउने विषयमा छलफल गर्ने कार्यक्रम छ ।
कतार र पाकिस्तानले अमेरिका–इरान तनाव घटाउन मध्यस्थताको प्रयास गरिरहेका छन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले तत्काल नयाँ सैन्य आक्रमण गर्ने पक्षमा अमेरिका नरहेको बताउनुभएको छ । तर, इरानबाट आक्रमण भए सैन्य विकल्प खुला रहने अमेरिकी अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्