Ads3

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी कम्पनीको सेयर मूल्यमा आएको गिरावटसँगै विश्वभरका प्रमुख सेयर बजारमा पनि दबाब देखिएको छ ।

युरोपमा फ्रान्सको सिएसी, जर्मनीको डिएक्स र बेलायतको एफटिएसइ शून्य दशमलव आठ प्रतिशतले घटेको छ । अमेरिकी सेयर बजारमा पनि गिरावटको सङ्केत देखिएको छ ।

ओपनएआईमा ठूलो लगानी रहेको जापानी कम्पनी सफ्ट बैङ्क ग्रुपको सेयर भने टोकियोमा सात दशमलव पाँच प्रतिशतले बढेको छ । एआई क्षेत्रमा देखिएको बजार दबाब ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीइओ) साम अल्टम्यानको पछिल्लो टिप्पणीपछि थप बढेको हो ।

उहाँले ‘फच्र्युन’ पत्रिकालाई दिएको अन्तर्वार्तामा ओपनएआईले वाल स्ट्रिटमा सेयर बिक्री गर्न अर्को वर्षसम्म कुर्नुपर्ने बताउनुभएको थियो । यसले सफ्टबैङ्क तथा ओपनएआईका अन्य प्रारम्भिक लगानीकर्ताले ठूलो मात्रामा नगद प्राप्त गर्ने सम्भावित अवसरमा ढिलाइ हुने देखिएको छ ।

एआई उद्योगका केही अगुवाले यसको विकासको गति मानव सुरक्षालाई ध्यानमा राख्दै केही सुस्त बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

Muktinath

प्रतिक्रिया दिनुहोस्