काठमाण्डौ । पोखरामा बिहान स्कुल बस दुर्घटना हुँदा चार जना विद्यार्थीसहित पाँच जनाको ज्यान गएको छ । १४ जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका–२८ कालीकानमा रहेको ओख्लेको भिरमा कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस सडकबाट झण्डै २ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि बसमा रहेका १९ जनाकै उद्धार गरी अस्पताल पठाएकोमा उपचारका क्रममा चार जना बालबालिका र एक जना ६५ वर्षीय वृद्धको ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा १५ वर्षीया ममता तिवारी, १३ वर्षीय अशिम कँडेल, १५ वर्षीया तिवारी,नामथर नखुलेका १५ वर्षीया एक र ६५ वर्षीय बाबुराम तिवारी रहेका छन् ।
घाइतेमध्ये तीन जनाको गण्डकी मेडिकल कलेजमा र ११ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्