काठमाण्डाै । नेपाल राष्ट्र बैंकले मुख्य चाडपर्वलाई लक्षित गरी वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको छ । केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनमा संशोधन गर्दै दशैँ, तिहार र छठका बेला वालेटमा रकम जम्मा गर्ने सीमा बढाएको हो ।
अब एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिनेछ । यो सुविधा भोलि शनिवारदेखि कात्तिक ८ गतेसम्म र कात्तिक २१ गतेदेखि कात्तिक २९ गतेसम्म लिन सकिन्छ ।
यसअघि एक दिनमा वालेटमा १० पटकसम्म रकम जम्मा गर्न सकिने सुविधा रहेको थियो । राष्ट्र बैंकले चाडपर्वका बेला नगद भन्दा डिजिटल कारोबारलाई जोड दिएको छ । सबै भुक्तानी सेवा प्रदायक संस्थालाई नयाँ व्यवस्थाबारे जानकारी गराएको राष्ट्र बैंकले जनाएको छ ।
तोकिएको अवधिमा भएका कुल कारोबार सङ्ख्या र रकमको विवरण राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागलाई बुझाउनसमेत निर्देशन दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्