Ads3

ग्रीनल्यान्डमा तेल, ग्यास र खनिज अन्वेषण शुरू हुन्छ : ट्रम्प

ग्रीनल्यान्डमा तेल, ग्यास र खनिज अन्वेषण शुरू हुन्छ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डमा तेल, ग्यास र खनिज पदार्थको ‘व्यापक’ अन्वेषण शुरू हुन लागेको बताउनुभएको छ । डेनमार्कको स्वशासित भू–भाग रहेको आर्कटिक टापुमा ‘सजिलै’ निकाल्न सकिने विश्वकै ठूला तेल भण्डारहरूमध्ये केही रहेका ट्रम्पले आज आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा लेख्नुभएको छ ।

‘हाम्रो नयाँ र सुन्दर ग्रीनल्यान्डमा तेल, ग्यास र खनिजको व्यापक अन्वेषण शुरू हुने तयारी भइरहेको छ !’, ट्रम्पले भन्नुभएको छ । गएको महिना ट्रम्पले डेनमार्क र ग्रीनल्यान्डका नेताहरूसँग सुरक्षा सम्झौता गर्नुभएको थियो । यस सम्झौताले ग्रीनल्यान्डमा अमेरिकी सेनाको भूमिका विस्तार गर्ने समाचार संस्था अलजजीराले जनाएको छ ।

यस सम्झौताले दुई नयाँ सैन्य अखडा र ट्रम्पको योजनामा रहेको ‘गोल्डेन डोम’ क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका लागि बाटो खोल्नुका साथै डेनमार्कको सार्वभौमिकता र ग्रीनल्यान्डवासीको आत्मनिर्णयको अधिकारलाई पुनः पुष्टि गर्ने खबरमा उल्लेख छ ।

ग्रीनल्यान्डलाई बलपूर्वक आफ्नो नियन्त्रणमा लिने सम्भावनालाई अस्वीकार गर्न ट्रम्पले गरेको आनाकानीका कारण उत्पन्न झन्डै दुई वर्ष लामो सङ्कटको अन्त्य गर्नु यस सम्झौताको उद्देश्य थियो ।

ट्रम्पले गएको महिनाको सम्झौताबाट अमेरिका र युरोप दुवैले प्राप्त गरेका सुरक्षासम्बन्धी लाभहरूको प्रशंसा गर्दै तिनलाई ‘अद्वितीय’ भन्नुभएको छ ।

ग्रीनल्यान्ड प्राकृतिक स्रोतका हिसाबले धनी क्षेत्र हो । यहाँ बहुमूल्य खनिज र ऊर्जाका स्रोत रहेको अध्ययनहरूले जनाएका छन् । साथै सुन, प्लाटिनम, टाइटानिअमलगायतका बहुमूल्य धातु र 'रेअर अर्थ एलिमेन्ट' पनि यहाँ पाइन्छ । त्यसैगरी ब्याट्रीका लागि चाहिने दुर्लभ धातुका कारण पनि ग्रीनल्यान्डमा पाइन्छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्