Ads3

विवादका बीच पारित भएको सुदूरपश्चिमको बजेट प्रमाणीकरण

विवादका बीच पारित भएको सुदूरपश्चिमको बजेट प्रमाणीकरण

काठमाण्डाै । सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश प्रमुख नजिर मियाँले प्रमाणीकरण गर्नुभएको छ । प्रदेशसभाको हिजोको बैठकले पारित गरेको बजेटसम्बन्धी दुई वटा विधेयक प्रदेश प्रमुख मियाँले आज प्रमाणीकरण गर्नुभएको हो ।

प्रदेश सरकारका अर्थमन्त्री चक्र मल्लले गएको आइतवार प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका गर्नुभएको थियो । बजेटमाथिको छलफल र राजनीतिक विवादबीच हिजो प्रदेशसभाबाट बजेट पारित भएको हो ।

बजेट प्रमाणीकरण भएसँगै तीन महिनादेखि रोकिएको सरकारी खर्चको बाटो खुलेको छ । बजेट पारित नहुँदा साउन १ गतेदेखि नियमित सरकारी खर्च प्रभावित हुँदै आएको थियो ।

दशैँको समय नजिकिँदा पनि कर्मचारीले पारिश्रमिक नपाउने अवस्था आएपछि सरकार बजेट पारित गर्ने दबावमा परेको हो । नयाँ आर्थिक वर्ष शुरू भए पनि बजेट पारित हुन नसक्दा प्रदेश सरकारका विकास निर्माणका योजना, कार्यक्रम कार्यान्वयन तथा विभिन्न सरकारी निकायको नियमित कामकाजमा असर परेको थियो ।

Muktinath

प्रतिक्रिया दिनुहोस्