काठमाण्डौ । आज पनि सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा २ हजार २०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन आज तोलाको २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन तोलामा २ हजार १०० रुपैयाँले घटेर तोलाको २ लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा २५ रुपैयाँले घटेको चाँदी आज ६० रुपैयाँले घटेको हो ।
आज चाँदी तोलाको ४ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ४१५ रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्