काठमाण्डौ । केही दिनदेखि लगातार घटेको सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले बढेर तोलाको २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
दशैँपछि पहिलो कारोबार दिन हिजो सुन २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा भाउ निरन्तर घटेसँगै नेपाली बजारमा पनि दशैँको बेला सुनको भाउ घटेको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेको छ । हिजो ३ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ३ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्