काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ९ हजार ५०० रुपैयाँले घटेको छ । आज सुन ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अस्ति शुक्रबार सुन २ हजार ४०० रुपैयाँले घट्दै नेपाल ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि तोलामा १८५ रुपैयाँले घटेर तोलाको ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अस्ति शुक्रबार चाँदी ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्