Ads3

भोटेकोशी र त्रिशूलीमा आकश्मिक बाढीको उच्च जोखिम

भोटेकोशी र त्रिशूलीमा आकश्मिक बाढीको उच्च जोखिम

काठमाण्डौ । देशका विभिन्न जिल्लाका स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालिकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।

यी क्षेत्रमा आकश्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ । यस्तै, रसुवा र नुवाकोटमा विशेष सतर्कता अपनाउन भनिएको छ । ती जिल्लाबाट बहने भोटेकोशी, त्रिशूली नदी तथा आसपासका स–साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ । 

महाशाखाले नदी तथा खोलाको तटीय क्षेत्र, कमजोर भूभाग र बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । नदी किनारमा नजान, खोला तथा पुल तर्दा सावधानी अपनाउन र बाढीसम्बन्धी सूचना नियमित रूपमा हेर्न तथा सुन्न महाशाखाले अनुरोध गरेको छ । विशेषगरी रसुवा र नुवाकोटमा भोटेकोशी तथा त्रिशूली नदी आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ । देशका विभिन्न जिल्लाका स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

महाशाखाका अनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाण्डौ, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, अछाम, कालिकोट, जुम्ला, मुगु, हुम्ला, बाजुरा, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेल्धुरा र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ ।

यी क्षेत्रमा आकश्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ । यस्तै, रसुवा र नुवाकोटमा विशेष सतर्कता अपनाउन भनिएको छ । ती जिल्लाबाट बहने भोटेकोशी, त्रिशूली नदी तथा आसपासका स–साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ । 

महाशाखाले नदी तथा खोलाको तटीय क्षेत्र, कमजोर भूभाग र बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । नदी किनारमा नजान, खोला तथा पुल तर्दा सावधानी अपनाउन र बाढीसम्बन्धी सूचना नियमित रूपमा हेर्न तथा सुन्न महाशाखाले अनुरोध गरेको छ । विशेषगरी रसुवा र नुवाकोटमा भोटेकोशी तथा त्रिशूली नदी आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्