Ads3

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित

काठमाण्डौ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले गायक पशुपति शर्मालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । शर्मा यसअघि वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

यसैगरी महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएको प्रतिष्ठानको नवौँ महाधिवेशनका निर्वाचन समितिका संयोजक अधिवक्ता राधाकृष्ण पाठकले जानकारी दिनुभयो ।

महोत्तरीको बर्दिबास–३ गौरीडाँडामा अस्ति बिहीबार मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवले महाधिवेशन उद्घाटन गर्नुभएको थियो । प्रतिष्ठानमा ३८ पदाधिकारी र ३७ सदस्यसहित ७५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ ।

सर्वसम्मत भएका र हिजो भएको मतदानबाट विजयी हुनेहरुको घोषणसहित आज महाधिवेशन समापन हुँदैछ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्