Ads3

आज हिमाली तथा कोशीको पहाडी क्षेत्रमा आंशिक बादल

आज हिमाली तथा कोशीको पहाडी क्षेत्रमा आंशिक बादल

काठमाण्डौ । आज हिमाली क्षेत्र साथै कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ । बाँकी क्षेत्रमा मौसम सफा छ । आज बिहान तराई, उपत्यका तथा खोँचहरूका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

बिहान केही ठाउँमा हुस्सु र कुहिरो लागे पनि दिउँसो देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि र पर्सि देशका केही ठाउँमा आंशिक बादल लाग्नेछ ।

शुक्रवार भने कोशी प्रदेशको हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । गएराति केही ठाउँमा फाट्टफुट्ट पानी परेको छ । 

Muktinath

प्रतिक्रिया दिनुहोस्