Ads3

तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ जना बालबालिकाको उद्धार

तिब्बती भाषा पढाउन भारत लैजाँदै गरेका २५ जना बालबालिकाको उद्धार

काठमाण्डाै । तिब्बती भाषा पढाउनका लागि कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतको देहरादुन लैजाँदै गरिएका २५ जना बालबालिकाको सीमा क्षेत्रबाट उद्धार भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले १० वर्षमुनिका २५ बालबालिकालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपाल फर्काएको जानकारी दिनुभयो । हुम्लाको सिमकोटका बालबालिकालाई वनबासामा रहेको एसएसबीको चेकपोस्टले नेपाल फर्काएको उहाँले बताउनुभएको छ ।

ती बालबालिका अहिले इलाका प्रहरी कार्यालय गड्डाचौकीमा छन् । कञ्चनपुर प्रहरीकाअनुसार हुम्लाको सिमकोट गाउँपालिका–८ का ती बालबालिकालाई पञ्चवीर बुढाले भारत लैजाँदै गरेको खुलेको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्