काठमाण्डाै । गोरखाको साम्दो लार्के बजार पारिपट्टि सुक्खा पहिरो खस्दा बूढीगण्डकीको सहायक खोला रेमुनाङ थुनिएको छ ।
पहिरोले रेमुनाङ खोला थुनिएपछि ताल बनेको छ । तत्काल उच्च जोखिम नरहेको तर सावधानी अपनाउन आवश्यक रहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभएको छ ।
अध्यक्ष लामाका अनुसार तालबाट पानी बगिरहेको छ । पानी थुनिएर बनेको ताल एक्कासी फुट्यो भने बूढीगण्डकीको तटीय क्षेत्रमा जोखिम हुन सक्छ ।
चुमनुब्री–१ काे साम्दो–लार्के बजार पारिपट्टि क्षेत्रमा आज सुक्खा पहिरो खसेर खोला थुनिएपछि ताल बनेको हो ।
रेमुनाङ खोलालाई स्थानीयवासीले दिन्द्रुक पनि भन्ने गर्छन् । यो खोला बूढीगण्डकी नदीको नुब्रीतर्फको एउटा सहायक खोला हो ।
प्रतिक्रिया दिनुहोस्