काठमाण्डौ । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।तीन जना घाइते भएका छन् । आज विहान जुनीचाँदे गाउँपालिका–२, गैरीगुवामा सुर्खेतबाट जुनीचाँदेतर्फ गुडिरहेको कर्णाली प्रदेश ०२–००१ च १२४३ नम्बरको जिप दुर्घटना भएको हो ।
अनियन्त्रित भएको जिप सडकबाट झण्डै तीन सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । दुर्घटनामा जिप चालक जुनीचाँदे गाउँपालिका–९, कल्ली स्यालाका २० वर्षीय सान्तबहादुर बस्नेत र जुनीचाँदे गाउँपालिका–३, स्यालाका ३० वर्षीया बिपना भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायब उपरीक्षक बुद्धिसागर पुरीले जानकारी दिनुभयो ।
दुर्घटनामा बिपनाका श्रीमान् दिलबहादुर भण्डारी, उहाँका चार वर्षीय छोरा शिशिर भण्डारी र जुनीचाँदे गाउँपालिकाकी ५० वर्षीया सितला टमटा घाइते भएका छन् ।
घाइते तीनै जनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्