Ads3

४ काराेबार दिनपछि शेयर बजार घट्याे

४ काराेबार दिनपछि शेयर बजार घट्याे

काठमाण्डाै । लगातार ४ कारोबार दिन बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५.४३ अङ्कले घटेर २ हजार ५४५.४० विन्दुमा झरेको छ ।

आज सबै समूहको उपसूचक घटेकोमा विकास बैंक र फाइनान्स समूह २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज १९२ वटा कम्पनीको शेयर घटेकोमा ७४ वटाको बढेको छ । यस्तै ११ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको शेयर १५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन अपर लोहोरे खोला हाइड्रोपावरको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ३ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ३५२ वटा कम्पनीका १ करोड ९ लाख कित्ता शेयर ४ अर्ब १९ करोड रुपैयाँमा किनबेच भएको छ ।

Muktinath

प्रतिक्रिया दिनुहोस्