Ads3

आईसीयूमै अन्तर्वार्ता लिएको विषय संसद‍्मा उठ्याे

आईसीयूमै अन्तर्वार्ता लिएको विषय संसद‍्मा उठ्याे

काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समीक्षा बाँस्काेटाले अस्पतालकाे सघन उपचार कक्ष अर्थात् आईसीयूमै पुगेर अन्तर्वार्ता लिएकाे घटनाबारे प्रतिनिधिसभाकाे आजकाे बैठकमा प्रश्न उठाउनुभएकाे छ ।

रसुवाकाे भाेटेकाेशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट १० दिनपछि उद्धार गरिएका एक व्यक्तिसँग छाउनीमा रहेकाे वीरेन्द्र सैनिक अस्पतालकाे आईसीयूमा उपचाररत अवस्थामा अन्तर्वार्ता लिई ‘इनसाइड द बङ्कर’ नामक युट्युब च्यानलमार्फत सामग्री प्रसारण भएकाे थियाे ।

सांसद बाँस्कोटाले आईसीयूमा अत्यन्त जटिल अवस्थामा रहेका बिरामीको उपचार गरिने भएकाले त्यहाँ बिरामीको स्वास्थ्य, गोपनीयता र सङ्क्रमण नियन्त्रणलाई सर्वोच्चता दिनुपर्ने बताउनुभयो । याे विषयले स्वास्थ्य क्षेत्रको संवेदनशीलता उदाङ्गो पारेको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘आईसीयूबाट सार्वजनिक भएको अन्तर्वार्ताले हाम्रो संवेदनशीलतालाई उदाङ्गाे पारेकाे छ । विपद‍्मा स्वास्थ्य पत्रकारिताको सीमा के हो ?’

Muktinath

प्रतिक्रिया दिनुहोस्