Ads3

तीन दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली पश्चिम नेपालमा केन्द्रित

तीन दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली पश्चिम नेपालमा केन्द्रित

काठमाण्डौ । तीन दिनदेखि लगातार वर्षा गराइरहेको प्रणाली अहिले देशको मध्य र पश्चिमी क्षेत्रमा केन्द्रित भएको छ । मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार अहिले काठमाण्डौ उपत्यकाको आसपासका केही जिल्लासहित त्यसभन्दा पश्चिमतर्फ पानी परिरहेको छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही जिल्लामा मुसलधारेदेखि आरिघोप्टेसम्मको वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । महाशाले देशको पूर्वी क्षेत्रमा उच्च जोखिम घटेको र पश्चिम क्षेत्रमा भोलिसम्म जोखिम रहने जनाएको छ ।

पर्सिदेखि देशभरको मौसम खुल्ने छ । तर मनसुन सक्रिय रहेकोले जुनसुकै ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुन सक्ने भएको र जमिन भिजेको अवस्था रहेकोले केही दिन सावधानी अपनाउन मौसमविद्को सुझाव छ । यसैबीच आज वर्षासँगै ठूलो हावाहुरी चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले दिउँसो सूचना निकालेर हावाहुरी चल्न थालेको जनाएको हो मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो हावा चलिरहेको छ ।

भारतको उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रका कारण आज राति पनि चारै प्रदेशमा ठूलो हावा चल्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भोलि दिउँसो पनि ठूलो हावा चल्ने सम्भावना रहेको जनाएको छ । ठूलो हावा चल्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।  

Muktinath

प्रतिक्रिया दिनुहोस्