काठमाण्डौ । शरद् ऋतुमा हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद् ऋतुमा नेपालका २० हिमाल आरोहणका लागि ६९ देशका ६४८ आरोहीलाई अनुमति प्रदान गरिएको हो ।
अनुमति लिनेमा ७१ समूह रहेको र जसमा ४८५ पुरुष र १६३ महिला रहेको विभागका सूचना अधिकारी सुरज घिमिरेले जानकारी दिनुभयो । अनुमति लिनेमा अष्ट्रेलिया १७, क्यानडा १६, जापान २१, भारत १८, अमेरिका ४१, बेलायत ३८, स्पेन १५, स्वीजरल्याण्ड १३, रसिया ५७, पोल्याण्ड १९, नेपाल २०, चीन ११८ आरोही रहेका छन् ।
यस्तै, जर्मनी ३४, फ्रान्स ५१, बेल्जियम सात, बुल्गेरिया पाँच, चेक रिपब्लिक १६, अर्जेन्टिना सात रहेको विभागले जनाएको छ । यस्तै, अन्य देशका आरोहीले पनि अनुमति लिएका छन् ।
आरोहण अनुमति प्रदान गरेबापत विभागले आरोहीबाट २३ करोड ८९ लाख ६४ हजार २९८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । मनास्लु आरोहणका लागि मात्रै ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्