काठमाण्डौ । आज सुनचाँदीको भाउ बढेको छ । सुन आज तोलामा ९०० रुपैयाँले बढेको हो । हिजो तोलाको २ लाख ८२ हजार ३०० रुपैयाँमा कारोबार भएकोमा सुन आज भाउ बढेर तोलाको २ लाख ८३ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ । हिजो तोलाको ३ हजार ९७० रुपैयाँमा कारोबार भएकोमा चाँदी आज तोलामा ३ हजार ९८० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्