
मंगलबार सभापोखरी आधारभुत अस्पतालमा शिविर सञ्चालन गरेर पन्त जस्तै ३८ जना मोतियाबिन्दु भएका बिरामीको निशुल्क शल्यक्रिया गरिएको हो । यसअघि सभापोखरी आँखा उपचार केन्द्रको आयोजनामा प्रत्येक वडामा आँखा जाँच तथा मोतियाबिन्दु छनौट शिविर सञ्चालन गरिएको थियो । सभापोखरी गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र ज्योति संघ बिराटनगरको प्राविधिक सहयोगमा सञ्चालित शिविरबाट स्थानीयलाई विशेष टेवा पुगेको छ ।

विभिन्न सेवाहरु प्रदान गर्ने क्रममा स्थानीय सरकारद्धारा जनतालाई प्रत्यक्ष प्रभाव पर्ने किसिमका जनसेवाका क्रियाकलापहरुमा जोड दिइरहेको गाउँपालिका अध्यक्ष भीम बहादुर लिम्बुले बताए । यस्तै मोतियाबिन्दुको उपचार गराउनकै लागि टाढाको सेवा लिन जानु पर्ने बाध्यता हटाउन र आर्थिक व्यवभार कम गर्न शिविरको आयोजना गरिएको उपाध्यक्ष लक्ष्मी चापाईले जानकारी दिए ।
मोतियाबिन्दु शल्यक्रिया गर्न कै लागि ठूला अस्पताल जान नपर्ने र महँगो शुल्क तिर्नु नपर्ने भएकाले शिविरका लाभग्राहीहरु खुशी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्