काठमाण्डौ । मकवानपुरको हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव भेटिएको छ ।
निर्मल मावि स्कुलबाट पढेर फर्किने क्रममा हिजो बेलुका चार बालिकालाई खोलाले बगाएको थियो । तीमध्ये एक जनाको सकुशल उद्धार गरेको र एक बालिका हिजो नै मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
दुई जनाको अवस्था थाहा हुन नसकेकोमा आज बिहान बिनिता भ्लोन पनि मृत भेटिएको उहाँले बताउनुभयो । कक्षा–५ मा अध्ययनरत सुमित्रा भ्लोनको खोजी भइरहेको छ ।
यसअघि कक्षा–२ मा पढ्ने राक्सिराङ–१ की रेश्मा स्याङ्तान मृत भेटिएकी थिइन् । त्यस्तै उद्धार गरिएकी कक्षा–६ मा पढ्ने सीमा भ्लोनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्