काठमाण्डौ । चितवनको वन डिभिजन कार्यालयले एक वर्षमा ४५ वटा अजिङ्गरको उद्धार गरेको छ ।
कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार वन क्षेत्रबाट बस्तीमा पसेका ४५ वटा अजिङ्गरको उद्धार गरिएको हो ।
बस्ती पसेर स्थानीयबासिन्दालाई दुःख दिने गरेका ४५ वटा अजिङ्गरको उद्धार गरेर व्यवस्थापन गरिएको आचार्यले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय क्षेत्रभित्र रहेका ६९ वटा वन्यजन्तुको उद्धार तथा व्यवस्थापन गरिएकोमा एक वर्षमा सबैभन्दा धेरै ४५ वटा अजिङ्गरको उद्धार गरिएको हो ।
उहाँका अनुसार ३० वटा चित्तल, नौवटा रतुवा, दुईवटा बँदेल, एउटा स्याललगायतको उद्धार गरिएको छ । साथै बाँदर, नियाले बाघ, जरायो, मलसाप्रो, चितुवा, कछुवा, हुच्चिललगायतका ४२ वटा मरेका वन्यजन्तुको व्यवस्थापन गरिएको वन डिभिजन कार्यालयका प्रमुख आचार्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्