काठमाण्डौ । आज पहाडी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर बादल लागेको छ । दिउँसो पहाडी क्षेत्रमा पानी पर्ने अनुमान छ ।
पहाडी धेरैजसो ठाउँमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागको एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ । आजराति कोशी प्रदेशको तराई भाग, मधेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । भोलि र पर्सि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
गएराति देशका मध्य र पूर्वी क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको थियो ।
प्रतिक्रिया दिनुहोस्